तपाईको आजको राशिफल – चैत्र १८ गते आईतबार

63

आज श्री शाके १९३९ बि.स. २०७४ साल चैत्र १८ गते आईतबार इश्वी सन २०१८ अप्रिल १ तारीख बैशाख कृष्ण पक्ष प्रतिपदा तिथी चन्द्रमा कन्या राशिमा सुर्य उत्तरायण वसन्त ऋतु विश्व मुर्ख दिवस श्री वैष्णोदेवी यात्रा ल.पु मत्स्येन्द्रनाथ स्नान बुगन्हवं – ज्यो.पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

तपाईको आलोचना गर्ने ब्यक्तिहरुको सङख्यामा बृद्धि हुनेछ । आत्मीय ब्यक्ति हरुबाट धोका हुन सक्नेछ । स्वास्थ सम्बन्धि समस्याका कारण सामान्य तनाब उत्पन्न हुने छ । यात्रा भने उपलब्धी पूर्ण साबित हुनाले मन प्रशन्न रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कला कौशलका क्षेत्रमा समय ब्यतित हुनेछ । साजेदारी कार्यका मार्फत मनग्यलाभ प्राप्त हुनेछ । शारीरिक आलस्यताको कारण अध्यन अध्यापनका क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सरसामान गुम्न सक्ने सम्बावना रहेकोछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

सवारी साधन तथा भौतिक श्रोत साधनका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यवसायका क्षेत्रमा जिवन साथीको साथ सहयोगको आवश्यक महसुस हुनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मित्र तथा दाजु भाईको साथ सहयोग द्वारा बिलम्ब भईरहेका कार्य सहजा पूर्ण सम्पादन हुनेछन । तपाईमा परोपकारी भाबनाको बिकास हुनाले सामाजिक चर्चाको बिषय बन्ने योग रहेको छ । उपलब्धी पुर्ण यात्राको योग रहेकोछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामान्य सभा सम्मेलन तथा भोज भतेरमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । स्थीर क्षेत्रमा गरीएको लगानि भाबिदिनका निम्ती लाभदायक साबित हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पारीबारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अधिक आत्म बिश्वासका कारण मित्र जन सगँको सम्बन्धमा तनाब उत्पन्न हुनेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।

Comments

comments