राष्ट्रपति भण्डारीको सपथ अवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

38
nayasawal.com

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको सपथ अवैधानिक भन्दै परेको रिटमा सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीसम्वन्धी कागजात मगाएको छ ।

न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले पराजुलीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गरेको सिफारिस र उमेर सम्वन्धमा न्याय परिषद्ले गरेको निर्णय झिकाउन आदेश दिएको छ । साथै संवैधानिक परिषद्को सिफारिस पनि मगाएको छ ।

सर्वोच्चले पराजुलीले दिएको राजीनामाका सम्वन्धमा भएको कारबाही एवं पत्रचारबारे राष्ट्रपति कार्यालयबाट जवाफ मगाउन पनि भनेको छ ।अवकास पाइसकेका तत्कालीन प्रधानन्यायाधीश पराजुलीले गराएको सपथ अवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट परेको थियो ।

Comments

comments