वीर हस्पिटलको ट्रमा सेन्टरबाट हामफालेर एक अमेरिकी नागरिकले गरे आत्महत्या

43

१८ चैत, काठमाडौैं : वीर हस्पिटलको ट्रमा सेन्टरबाट हामफालेर एक जना अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार आत्महत्या गर्नेमा अमेरिकी नागरिक जोन छन् । उनको विस्तृत विवरण खुलेको छैन ।

यसअघि पनि उनले आत्महत्याको प्रयास गरेका थिए । उनी १६ चैतमा आफ्नै घाँटी काट्ने प्रयास गरेपछि हस्पिटल भर्ना भएका थिए ।

थप अनुसन्धान भइरहेको घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले बताए ।

Comments

comments