कांग्रेस सभापति देउवा भावुक, खड्कालाई दिए श्रद्धाञ्जलि

53

काठमाडौं : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेका देउवा भावुक देखिन्थे । खड्काको पार्थिव शरीरमाथि देउवाले श्रद्धाञ्जलि अर्पण गरेका हुन् । काँग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको हो । उनी मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए ।

उनको पार्थिव शरीर शनिबार राति नेपाल ल्याई सानेपास्थित उनकै निवासमा राखिएको छ । यसअघि आइतबार बिहान काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महतलगायतले सानेपा पुगी नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

Comments

comments