एभरेष्ट पेपर इण्डष्ट्रिजका कारण नदीको पानी विष बन्दै, अदालतकै आदेश मानेनन् सञ्चालकले

54

बर्दिवास : महोत्तरी जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका हुँदै भारत झर्ने बिग्ही नदीको प्रदूषित पानीका कारण करीब दुईलाख जनसंख्या प्रभावित भएका छन् ।

धनुषा उद्गमस्थल रहेर केही ठाउँ महोत्तरीको सीमा नदी रहेको बिग्हीमा धनुषाको महेन्द्रनगरस्थित एभरेष्ट पेपर इण्डष्ट्रिज ९उद्योग० ले आफ्नो उद्योगको प्रदूषित पानी झारेपछि यहाँका बासिन्दा प्रदूषित पानीबाट सताइएका हुन् ।

जिल्लाको भंगाहा नगरपालिकासम्म धनुषासँग सीमा नदी रहेको र लोहारपट्टि नगरपालिका टेकेपछि दुवैतर्फ महोत्तरीका बस्ती हुँदै भारतको मधुवनी जिल्ला झर्ने बिग्ही नदीको वस्तुभाउको सघन चरण क्षेत्र नै बहाव हुने गरेको छ । भंगाहा, लोहारपट्टि, जलेश्वर र मटिहानी गरी चार नगरपालिका एवं महोत्तरी र पिपरा गरी दुई गाउँपालिकासहित छवटा स्थानीय तह महोत्तरीमा बिग्ही नदी बहाव क्षेत्रमा पर्छन् ।

एकताका कैयौँ ठाउँमा खानेपानीका मूल रहेको यो नदी क्षेत्रमा २०३९ सालमा एभरेष्ट पेपर उद्योग स्थापना भएयता उद्योगले ढलबाट झार्ने प्रदूषित पानी मिसिएपछि खानेपानीका मुहान सुकेका यसअघि हरिहरपुरहरिनमरी गाविसका उपाध्यक्षसमेत रहेका हाल भंगाहा–९ सखुवाटोलका राजवीर यादवले बताए । “बिग्ही नदी त हाम्रो जीवन थियो” यादवले भने, “प्रदूषित ढलको पानी मिसाइएयता शुद्ध मानिने भुल्के पानीका मुहान सबै सुकेका छन्, प्रदूषित पानी खाएर पशु चौपाया बिरामी हुने र चाँडै मर्ने क्रम पनि बाक्लियो ।”

उद्योगले ढलबाट प्रदूषित पानी झारेपछि नदीको पानी कालो भएको छ । नदीको पानी प्रदूषित भएपछि २०४० सालयता कैयौँ आन्दोलन भएका अहिले प्रदेश नम्बर २ का सदस्य महोत्तरीको लोहारपट्टिका बासिन्दा जानकीशरणले जानकारी दिए ।

“हामीले विषाक्त पानी ढलबाट नदीमा झार्ने उद्योगविरुद्ध लामो आन्दोलन ग¥यौँ” साहले भने, “पछि यो मुद्दा सर्वोच्च अदालत पुग्यो, अदालतले नदीमा झारिएको ढल अन्तै व्यवस्थापन गर्न आदेश पनि दियो, तर त्यो आदेश कहिल्यै कार्यान्वयन भएन ।”

Comments

comments