केपी ओलीको गफ महत्वाकांक्षी योजनालाई अर्थमन्त्रीकै काउन्टर, यस्तो रहेछ विजोग

46

काठमाडौं : अर्थमन्त्री युवराज खतिवडाले मुलुकको अर्थव्यवस्था अत्यन्त निराशाजनक रहेको बताएका छन् ।

उनले पूँजी निर्माणका क्रियाकलापहरु सुस्त रहेको तथा राज्यले प्रदान गर्नुपर्ने आधारभुत सेवाहरुको गुणस्तर कमजोर रहनु, उत्पानमुखी भन्दा वितरण बजेट तर्जुमा गरिनु तथा बजेट अनुशासन उलंघन भएका कारण राज्यको ढुकुटी रितो हुँदै गएको पनि बताएका छन् ।

शुक्रबार मुलुकको अर्थ व्यवस्थाबारे संसदलाई जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले निराशाजनक अर्थव्यवस्थालाई माथि उकास्न संघीय सरकार सफल हुने आशा भने कायमै रहेको बताएका छन् ।

सुशासन र सम्बृद्धिको नारासहित गठन भएको बाम गठबन्धनको सरकारले निराशाजनक अर्थव्यवस्थालाई सुधार गर्न स्पष्ट नीति नियम बनाएर कार्यन्वयन तहमा लैजानुपर्ने बताएका छन् ।

विगत एक दशकको औशत आर्थिक बृद्धिदर चार प्रतिशत रहनुलाई अर्थमन्त्री खतिवडाले अत्यन्त निराशाजनक भनेका छन् । जवकी छिमेकी मुलुक भारत र चीनमा यहि समयमा यो आर्थिक बृद्धि दर ८ र ९ प्रतिशत रहेको छ ।

कमजोर भौतिक पुर्वधार, वित्तिय सेवाको पहुँच न्यून, पुँजी बजार सतही, विप्रेशण बृद्धिदर रोकिने अवस्थामा, पुँजीगत खर्च राजश्व बृद्धिमा ठोस कदम अभाव, बैदेशिक सहायता बजेटमा नआएको कारणले समृद्धिको अभियानमा पुग्न कठिन रहेको उनको भनाई छ।

अर्थमन्त्रीको अभिव्यक्तिले प्रधानमन्त्रीले ओलीको सार्वजनिक गरेका योजनालाई फिक्का सावित गरिदिएको छ। रेलदेखि पानी जहाजसम्मका उनका योजना तत्कालै पुरा नहुने यथार्थ अवस्था खतिवडाले बाहिर ल्याएका छन्।

Comments

comments