हिरासतमा रहेका शैलेशको बयानले प्रहरी चकित :‘हग’ गरेर हिडिँकी उसले बलात्कार मुद्दा पो हलिछे (पूर्णबयान)

46

प्रहरी हिरासतमा रहेका दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त शैलेश कार्कीको बयानले प्रहरीलाई नै चकित बनाएको छ । गत चैत ५ गते पक्राउ परेका कार्कीले सहमतिमै २ पटक यौन सम्पर्क भएको बयान दिएका छन ।

रामेछाप, दुरागाउँका कार्कीसहितको समूहले ७ माघमा दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोग छ ।

बयानका क्रममा कार्कीले सहमतिमै २ पकट युवतीसँग शारीरिक सम्पर्क भएको स्वीकार गरेका छन् । ‘हामीबीच बेलुका दुईपटक शारीरिक सम्पर्क भयो । तर, त्यहाँ हामी बाहेक अरु कोही पनि थिएन ।बिहान मैले उसलाई घरसम्म छोड्ने खोजेको थिए । तर, दाइसँग काम थियो । मैले उनलाई काम छ, तिमी ट्याक्सीमा जाउ भनेर एक हजार रुपैयाँ पनि दिएँ ।’ बयानका क्रममा कार्कीले भने(‘उसलाई अब ३र४ दिन म भ्याउँदिन होला भनेँ । तर, घर जानु पर्नेमा चौकी गएर केश पो हाल्दिछे !’

करिब पाँचरछ महिना पहिले उनीसँग आफ्नो फेसबुकबाटै चिनजान भएको कार्कीले बयान दिएका छन् । ‘सुरुमा सामान्य ‘हाइ, हल्लो १’ मात्रै हुन्थ्यो । विस्तारै बाक्लै कुराकानी हुन थाल्यो ।उसले पनि धेरै म्यासेज गरिराख्थिन् । म पनि गर्थें । विकास गौतम दाइहरुसँग काममा धेरैतिर हिँडिरहनु पर्ने भएकाले धेरै समय चाहिँ हुँदैनथ्यो । ‘ उनले बयानमा भनेका छन् (‘ दाइको ठेक्कापट्टाको काम सघाउनु पर्थ्यो मैले । सामानहरु ल्याउने, ट्रकबाट पार्टहरु पठाउने कहिले काँही बाइकमा आफैं हेटौंडासम्म लाने पनि गरेको थिएँ । पहिले पटक घटना हुनु भन्दा करिब एक महिनाअघि उनैले मलाई बोलाएकी थिइन् । त्यो दिन भेटघाट भएपछि हामी एउटा होटलमा सँगै बसेका थियौं ।’

घटना भएको दिन पनि उनले नै भेट्न बोलाएकी कार्कीको बयानमा उल्लेख छ । ‘उनले पठाएको म्यासेज अझै पनि सुरक्षित छ । मैले मेरो दाइहरु हेटौंडाबाट आउनु हुँदैछ, आज भ्याउँदिन भनेँ । भोलिपल्ट दाइहरुको चेन्नाइको फ्लाइट थियो । तर, उसले एकछिन भए पनि भेटौं न भनेर जिद्दी गर्न थालिन् ।’ उनले भनेका छन् – ‘अलि, बेलुका ६ बजे भेट्ने कुरा भएको थियो । उनले पुरानो साथी आउँछे, ठमेल जाने भनेर भनेकी थिइन् । दिउँसो दाइको मिटिङ थियो । मलाई पनि लाजिम्पाटतिर बोलाउनु भयो । म गएँ ।’

यस्तो उनको बाकि बयान जस्ताको त्यस्तै

त्यहाँ पुगेको १०र१५ मिनेट मात्र भएको थियो, उसको फोन आयो । साँझ भेट्ने भनेर टुंगो लागेको दिउँसै आएपछि म अक्क न बक्क भएँ । उनले दरबारमार्ग आएर फोन गरेकी रहिछिन् । मैले आफू लाजिम्पाटमा भएको बताएँ ।

उनी लाजिम्पाट नै आइन् । मैले उनलाई लिन गएको भनेर बाहिर आएको रहेछ । तर, त्यस्तो होइन । त्यहाँ खाजा खायौं । कुराकानी भयो । केहीबेरमा दाइले भेट्नु पर्ने मान्छे त्यहाँ आइपुगे । खाजा खाएर दाइ निस्किन लाग्नु भएको थियो ।

मैले दरबारमार्गसम्म लगिदिनु भनेँ । उनले मलाई छोड्नै मानिनन् । के गर्ने रु कता बस्ने रु केही टुंगो भएन । मैले दाइ हुनुहुन्छ भन्दा पनि मानिन् । अनि, हामी पनि ल्याण्डमार्क होटल नै गयौं ।

ऊ र म एउटा कोठामा बस्यौं । हामीबीच बेलुका दुईपटक शारीरिक सम्पर्क भयो । तर, त्यहाँ हामी बाहेक अरु कोही पनि थिएन । बिहान उसले मलाई घरसम्म छोड्ने खोजेको थिइन् । तर, दाइसँग काम थियो । मैले उनलाई काम छ, तिमी ट्याक्सीमा जाउ भनेर एक हजार रुपैयाँ पनि दिएँ ।

उसलाई अब ३ र ४ दिन म भ्याउँदिन होला भनेँ । तर, घर जानु पर्नेमा चौकी गएर केश पो हाल्दिछे १ त्यो दिन ल्याण्डमार्कमै बस्नु भएका दाइहरुले उनको अनुहारै पहिलो पटक देख्नु भएको थियो । मसँगको भेट पनि दोस्रो थियो ।

प्रहरीमा केश हालेको थाहा पाउने वित्तिकै भोलिपल्टै भेट्न गएँ । सोधेँ, ‘किन तिमीले यस्तो गरेको रु’ ‘तिम्रो फोन अफ थियो । अनि, मलाई अब भेट्दैनौं होला भन्ने लाग्यो । अनि, मौखिक उजुरी दिएको हुँ’ भनिन् ।

उनलाई थाहा थियो, म काममा थिएँ भनेर । मैले भनेको पनि थिएँ । तर, उनले खै किन त्यस्तो सोचिन् थाहा छैन । मैले ‘मेरो त नाम लियौं । दाइहरुको नाम चाहिँ किन लिएको रु’ भन्दा उनले ‘होइन, मैले अरुको नाम लिएको छैन । कोको हो भनेर सोध्दा उहाँहरुको नाम भनेको हुँ’ भनेर भनिन् ।

अब के गर्ने त भन्ने कुरा निस्कियो । उनले नै अब बिहे गरौं भनिन् । उनले त अझ तिमी र म भागौं भन्ने कुरा गरिन् । अनि, पोखरा जान तयार भइसकेको थियौं । तर, मैले उनलाई कति दिन भाग्ने रु भनेर भनेँ । ममी, ड्याडीसँग कुरा गरौं भनेँ । कुरा हुँदा ड्याडीले ‘छोरी राजीखुशी छे भने म रेडी छु’ भन्नु भयो ।

अनि, चौकीमा पनि उनले आवेशमा आएर आफूले केश हालेको बताएकी थिइन् । चौकीमा होइन ड्याडीलाई नै ल्याउनुपर्छ भनेपछि ममी र ड्याडलाई भेट्न म आफैं पनि गएँ । तर, त्यहाँ पुग्न साथ मलाई त उसको ममीले पिट्न पो थाल्नु भयो ।

उसको खातामा हालेको पैसाको सन्दर्भमा कसले हालेको हो भन्ने मलाई थाहा छैन । मैले त त्यसवैले पनि सरेन्डर गरेको हुँ । अहिले पनि सरेन्डर नै गरेको हुँ । होटलवालाले सोधेको इन्टरभ्यूमा पनि उनले ‘त्यहाँ के भएको हो भनेर सोध्दा बोलेकी थिइनन् । विहान ‘हग’ गरे हिडिँको हो । सीसी क्यामेरामै पनि होला त्यो ।

उक्त घटनामा संलग्न हेटौंडाका दीपक श्रेष्ठ, विकास गौतम र रवी पौडेल अझै फरार छन् । प्रहरीकै मिलोमतोमा लुकाइएको घटना बाहिर आएपछि यसले धेरैको ध्यान समेत तानेको थियो ।

यहि घटनालाई लिएर दरबारमार्ग प्रहरी वृत्तका तत्कालीन प्रहरी निरीक्षक लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परे भने वृत्तका प्रमुख डीएसपी तिलक भारती समेत जिम्मेवारीबाट हटाइए ।

तर, पीडित परिवारले ३० लाख लिएको खुलेपछि यो घटना थप रहस्यमय बनेको थियो । शैलेश पक्राउ परेपछि पनि प्रहरी अनुसन्धानमा भने ठोस प्रमाण हात लागेको छैन । उनको बयान सकिएको छ तर, प्रहरीले भने अनुसन्धान जारी राखेको छ ।

Comments

comments