वैदेशिक रोजगारलाई थप सुरक्षित बनाउने श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको प्रतिबद्धता

87

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले आफूले बिज्ञहरुसँग वरावर परामर्श र छलफल गरिरहेको बताउँदै केही हप्ता भित्रमा आफनो मन्त्रालयमा परिवर्तन आउने जिकिर गर्नु भएको छ ।

सोमवार मन्त्री बिष्टले मन्त्रालयको पछिल्लो कार्यप्रगति वारे जानकारी दिदै बिज्ञहरुसँग वरावर परामर्श र छलफलमा रहेको भन्दै केही हप्ता भित्रमा आफनो मन्त्रालयमा परिवर्तन ल्याउने बताउनुभएको हो ।

उहाँले आफूले मन्त्रालयका पूर्व सचिव तथा बिज्ञहरुसँग नियमित छलफल गरीरहेको भन्दै सवैले महसुस गर्ने गरी मन्त्रालयका काममा सुधार ल्याएर छाड्ने दावी गर्नुभयो । वैदेशिक रोजगारलाई थप सुरक्षित बनाउने र त्यसमा देखिएका समस्यालाई तत्काल कसरी सुधार गर्ने भन्नेमा नै आफू केन्द्रित रहेको बताउनुभयो ।

मन्त्री बिष्टले आफनोे मन्त्रालयसँग सरोकारवाला बिभागका काम कारवाहीलाई सुधार ल्याउन र प्रभावकारी बनाउन निर्देशनमात्र दिएको प्रष्याउनुभयो ।

Comments

comments