भारत भ्रमणमा जानुपूर्व प्रधानमन्त्री ओलीले संसदलाई सम्वोधन गर्ने

60

काठमाडौं १९ चैत : भारत भ्रमणमा जानुपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन गर्ने भएका छन् ।

प्रतिनिधि सभाको मंगलवार बस्ने बैठकमा ओलीले सम्वोधन गर्न लागेका संघीय संसद सचिवालय स्रोतले जानकारी दियो ।

मंगलवारको सम्भावित कार्यसूचीको एक नम्बरमा प्रधानमन्त्री ओलीले ‘सार्वजनिक महत्वको वक्तव्य’ दिने उल्लेख छ ।

तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओली २३ गते भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम छ ।

यसअघि प्रधानमन्त्रीको भारत भ्रमणको बारेमा जानकारी गराउन स्वय सत्तारुढ दलका सांसदहरुले माग गरेका थिए ।

प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि मंगलवारको बैठकमा प्रधानमन्त्रीले सम्वोधन गर्ने लोकान्तरलाई जानकारी दिए ।

Comments

comments