पार्टी एकता र भारत भ्रमणबीच कुनै सम्बन्ध छैन – प्रधानमन्त्री

48

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँगको पार्टी एकता र आफ्नो भारत भ्रमणबीच कुनै सम्बन्ध नरहेको बताएका छन्।

एमाले प्रचार विभागले काठमाडौंमा आयोजना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टी एकताबारे आएका हल्लाहरूको पछि नलाग्न पनि आग्रह गरेका छन्। उनले भने, ‘पार्टी एकताबारे केही हल्लाहरू आएका छन्, तपाईहरू यसको पछि नलाग्नुस् पार्टी एकता हुन्छ। आज भोली वा कहिले भन्ने कुरा समय आएपछि हुन्छ । यो अघि यो पछि भन्ने छैन ।’

पार्टी एकतामा माओवादीले बराबरी हिस्सा खोजेको भन्ने कुरामा प्रधानमन्त्रीको यो धारणा आएको हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीदिनअघि विद्यार्थीहरूको भेलामा पार्टी एकतामा माओवादीले ५० प्रतिशत हिस्सा खोज्ने बताएका थिए।

त्यस्तै, प्रधानमन्त्रीको भारत भ्रमणअघि नै पार्टी एकता गर्ने भनेर दुवै पार्टीका नेताहरू जुटिरहेका बेला प्रधानमन्त्रीको यस्तो धारणा आएको हो। एमाले अध्यक्षसमेत रहेका उनले पार्टी एकता प्रक्रियामा हुने बताएका हुन्। प्रधानमन्त्री ओलीले पार्टी एकता र आसन्न भारत भ्रमणमा कुनै सम्बन्ध नरहेको बताएका थिए। उनले भने, ‘भारत भ्रमण अघि गर्ने कि पछि गर्ने भन्ने कुरा आएको छ। के का लागि भारत भ्रमण अघि पार्टी एकतारु भन्ने आएका छन्’, चैत २३ गते हुन लागेको भारत भ्रमण र पार्टी एकताबारे कुनै सम्बन्ध नरहेको बताउँदै उनले भने, ‘काम पूरा भए अघि नै गर्छौं, पूरा नभए पछि हुन्छ।’

पार्टी एकतामा हतार नगरिने र ढिलासुस्ती पनि नगर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले भने, ुहतार र ढिलासुस्ती दुवै गर्ने कुरा होइन, हतार गरेर नि बिग्रिन्छ ढिला गरेपनि बिग्रिन्छ। यो प्रक्रियाले हुने कुरा हो।ु पार्टी एकता देशको विकास र लोकतन्त्रको सुदृढीकरण गर्न हुन गइरहेको उनको भनाइ थियो। उनले अब बन्ने पार्टीले र सरकारले समावादउन्मुख विकासलाई जोड दिने दाबी गरे।

नयाँ बन्ने पार्टीले समाजवाद उन्मुख विकास गर्ने बताउँदा केही व्यक्ति र राजनीतिक दलहरूमा आशंका पैदा भएको उनको भनाइ थियो। उनले भने, ‘समाजवाद उन्मुख विकास भन्दा कोही कोही साथीहरू अब गरिबले खान पाउने भए भनेर अत्तालिएका छन्। नेपालमा ३६ प्रतिशत जनसंखया अझै पनि गरिबीको रेखामुनि छ। यसलाई शून्यमा पुर्‍याउने भए भन्ने ठानेर अत्तालिएका हुन्।’

उनको प्रश्न थियो, ुगरिबहरूले धनीसमान गाडी चढेर हिँढ्न नहुनेरुु उनले सरकारले उत्पादनको वृद्धि र समानुपातिक वितरण गर्ने बताए। तीन वर्षभित्र देशलाई विकसित मुलुक बनाउने र १३ वर्षभित्रमा दिगो विकासको लक्ष्य पूरा गर्ने आधार तयार पार्ने सरकारको जिम्मेवारी रहेको प्रधानमन्त्रीको भनाइ थियो।

एमाले प्रचार विभागले प्रदान गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वरीष्ठ पत्रकार कमल कोइरालालाई प्रदान गरिएको छ।

Comments

comments