भारतप्रति एकाएक नरम देखिए केपी ओली, चीनले के गर्ला ?

56

बारा : नयाँ दिल्ली भ्रमणको मिति नजिकिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको प्रशंसा गर्न थालेका छन् । हिजो नाकाबन्दी ताका भारतको चर्को विरोध गरेर राष्ट्रवादी कहलिएका ओली पछिल्लो समय सत्तामा आएसँगै भारतसँग सुमधुर सम्बन्ध अगाडि बढाउन आतुर देखिएका हुन्। यसैकारण उनी जनभावनालाई लत्याउँदै पहिलो विदेश भ्रमण भारतबाट गर्दैछन् । पहिलो पटक प्रधानमन्त्री हुँदा पनि ओलीले भारतको पहिलो भ्रमण गरेका थिए। यसपटक पहिला चीन जान्छन भन्ने जनविश्वास गरिएका बेला ओली भने चैत २३ गते भारत भ्रमणमा निस्किन लागेका हुन्।

आइतबार तराई पुगेका ओलीले भारतसँगको सम्बन्ध नयाँ उचार्इमा पुगेको बताउँदै भारतको खुलेरै प्रशंसा गरे। जीतपुर–सिमरा उपमहानगरपालिकाको औराहा र डुमरवानामा निर्माण गर्न लागिएको विशेष आर्थिक क्षेत्रमा गार्मेन्ट प्रशोधन केन्द्रको शिलन्यास कार्यक्रममा बोल्दै ओलीले अहिले भारतसँग राम्रो सम्बन्ध रहेको बताउँदा धेरैले नपत्याए पनि वास्तवमै भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका थिए।

‘प्रतिनिधि र प्रदेशसभा चुनावका बेलामा एमाले र मलाई गाली गर्ने मधेसवादी दलले प्रधानमन्त्रीको चुनावमा मलाई भोट दिएर जसरी समर्थन गरे त्यसैगरी नै चुनावपछि भारतले मलाई समर्थन गरेको छ,’ ओलीले भने।

चीननिकट मानिएका ओली भारतप्रति नरम भएपछि उत्तरी छिमेकी चीनले अब कस्तो व्यवहार गर्ला भन्ने कुरा चासोको विषय बनेको छ।

Comments

comments