मयुर यातायात रोक्ने समितिको रुट पर्मिट खारेज गरिने

131

काठमाडौं : सिन्डिकेट कायम राख्दै एकलौटी बस चलाउन पाउनुपर्ने माग राखी सेवा अवरुद्ध गर्ने यातायात समितिका बसको रुट परमिट (बाटो इजाजतपत्र) सरकारले खारेज गर्ने भएको छ । आजको कारोबारमा यो समाचार छ ।

साविकको यातायात व्यवस्था कार्यालय साना र ठूला सवारी बागमतीले मयुर यातायात प्रालिलाई काठमाडौ-बनेपाको रुट परमिट दिइ उक्त बसले सेवा सुरु गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा समितिहरु आन्दोलनमा उत्रिएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

मयुर यातायातलाई बनेपासम्म जान इजाजत दिइएको विरोधमा आइतबारदेखि महासंघसम्बद्ध १३ वटा संघरसमितिले काभ्रे र भक्तपुरका सबै ग्रामिण क्षेत्रमा सवारी साधन चलाउन छाडेका छन् ।

Comments

comments