प्रधानमन्त्रीबाट राजीनामा दिएपछि देउवा पहिलो पटक बालुवाटारमा

51

काठमाडौं, २० चैत : शुक्रवारदेखि शुरु हुने भारत भ्रमणको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरूसंग परामर्श गरेका छन् ।

नेपाल–भारत प्रवुद्ध समूहका सदस्यसहित प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूसंग परामर्श गरेका हुन् ।

छलफलमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्द सहभागी थिए ।

गत फागुन ३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएर बालुवाटार छाडेका देउवा त्यसयता पहिलो पटक बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणको विषयमा पूर्वप्रधानमन्त्रीहरुको सुझाव लिएका हुन् । यसअघि मंगलवार संसदलाई सम्बोधन गर्दै ओलीले भारत भ्रमणको क्रममा देशको शिर झुक्ने काम नगर्ने बताएका थिए ।

तीनदिने भ्रमणका लागि ओली २३ गते भारतको राजधानी दिल्ली प्रस्थान गर्दैछन् ।

Comments

comments