विमान दुर्घटनाका मृतकका आफन्त र घाइतेहरूलाई कानूनी दाबी पेश गर्न युएस-बंगलाको अपिल

62

काठमाडौं, २१ चैत : गत महिना त्रिवुभन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानका मृतकका हकदार र घाइतेहरूलाई कानूनी दाबी पेश गर्न युएस-बंगला एयरलाइन्स कम्पनीले अपिल गरेको छ ।

बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी यस्तो अपिल गरिएको हो ।

‘यस पीडादायी समयमा युएस(बंगला एयरलाइन्स मृतक यात्रुहरूको कानूनी हकदारहरू तथा घाइते यात्रुहरू यथाशीघ्र पत्ता लगाउन प्रतिबद्ध छ,’ सूचनामा भनिएको छ, ‘तसर्थ, हामी उक्त दुर्घटनाका मृतक यात्रुहरूको कानूनी हकदारहरू, घाइते यात्रुहरू वा निजको कानूनी संरक्षकहरूलाई यो सूचना प्रकाशित भएको मितिबाट ३५ दिन भित्र हाम्रो नेपालस्थित कानूनी प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गर्दछौं ।’

यसका लागि कानून व्यवसायी फर्म प्रधान, घिमिरे एण्ड एसोसिएट्स प्रा.लि.मा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । ‘युएस-बंगला एयरलाइन्सले नेपालस्थित कानून व्यवसायीको फर्म प्रधान, घिमिरे एण्ड एसोसिएट्स प्रा।लि तथा सोका कानून व्यवसायीहरूलाई उक्त दुर्घटनाका यात्रुहरूको दाबी एकिन गरी युएस-बंगला एयरलाइन्सको व्यवस्थापनको तर्फबाट निप्टारा गर्ने कार्य गर्न अख्तियारी प्रदान गरेको व्यहोरा समेत जानकारी गराउँदछौं,’ सूचनामा भनिएको छ ।

गत फागुन २८ गते त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा भएको विमान दुर्घटनामा ४७ यात्रु र चालक दलका ४ सदस्य गरी ५१ जनाको मृत्यु भएको थियो । २० जना घाइते भएका थिए ।

हेर्नुहोस्, सूचना !

Comments

comments