ओलीले गरे भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग छलफल

52

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारत विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमा भारत भ्रमणका बारेमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, पूर्व मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओली चैत २३ गते तीन दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् ।

Comments

comments