काठमाडौं, २१ चैत : नेकपा एमालेका नेता सुवास नेम्वाङ पुनः संसदीय दलको उपनेतामा चयन भएका छन् ।
बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले नेम्वाङलाई उपनेतामा चयन गरेको हो । यसअघि व्यवस्थापिका संसदमा उनी संसदीय दलका उपनेता थिए ।
यसैगरी प्रमुख सचेतकमा खगराज अधिकारी चयन भएका छन् भने सचेतकमा शान्ता चौधरीलाई चयन गरिएको छ ।
भारत भ्रमण जानुपूर्व प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दललाई पूर्णता दिएका हुन् ।