प्रगतिशील बन प्राबिधिक संघ र मदेशका लागि बनले निकाल्यो यस्तो बक्तब्य

52

नेपाल वन प्राविधिक संघले बक्तव्य आज जारी गरेको छ । बक्तव्यमा यस्तो भनिएको छ ।

हामी देशभरीका सम्पूर्ण वन प्राविधिकहरुको साझा संगठन नेपाल वन प्राविधिक संघको यहि २०७४ चैत्र २४ गते हुने निर्वाचनको संघारमा उभिएका छौं ।

पेशागत हक हितलाई निरन्तरता दिन, वन क्षेत्रका नीतिगत सवाललाई अधिकतम जनमूखी बनाउन, पेशागत पहिचानलाई मजबुत बनाउन, वन प्राविधिक संघलाई समावेशीताको सिद्धान्तमा अगाडी बढाउन, प्रादेशिक वन प्राविधिक संघको गठनको लागि पूर्णत पहल गनर्, पेशागत मर्यादालाई उच्च बनाउन, वन परिषद् गठन गर्न र हाम्रा पेशासंग सम्बन्धित अन्य समसामयिक सवालहरुलाई उचित सम्बोधन गर्न सक्षम, लगनशील र निरन्तर रुपमा प्रतिबद्ध नेतृत्वबाटमात्र सम्भव हुने हुँदा वन क्षेत्रमा कार्यरत हामी प्रगतिशील वन प्राविधिक संघ र मधेशका लागि वनको तर्पmबाट संयुक्त रुपमा कमुद श्रेष्ठको नेतृत्वमा रहेको टिमलाई पूर्ण समर्थन गर्ने निर्णय गरेका छौं ।

नयाँ कार्य समितिको अन्य पदहरु निर्विरोध भइसकेको सन्दर्भमा माथि उल्लेखित सवालहरुलाई उचित सम्बोधन गर्न अध्यक्ष पदका साझा उम्मेद्वार कुमुद श्रेष्ठलाई मतदान गरी अत्याधिक मतले विजय गराउन सम्पूर्ण मतदाता, शुभेच्छुक सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
नयाँ वर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

भुवनेश्वर चौधरी -मधेशका लागि वन

बलराम अधिकारी- प्रगतिशील वन प्राविधिक संघ

Comments

comments