गगन थापालाई प्रधानमन्त्री ओलीको काउण्टर, ३ सातापछि यसरी फर्काईयो जवाफ, भयो भागाभाग

47

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका युवा नेता गगन थापाबीच गत महिना संसदमा सवाल-जवाफ भएको थियो ।

गगनले वाम गठबन्धनको घोषणापत्रमा लेखेको कुराहरू कण्ठ गरेर अब हिसाब माग्ने बताएका थिए । प्रधानमन्त्री ओलीले घोषणापत्र काम गर्नकै लागि बनाइएको जवाफ फर्काएका थिए ।

गत फागुन २७ गते चलेको यो सवाल-जवाफ प्रधानमन्त्रीले ३ सातासम्म पनि भुलेका रहेनछन् ।

मंगलबारको संसद बैठकमा पनि ओलीले गगनको प्रसंग उठाए । ‘अस्ति नै एकजना साथीले घोषणापत्र हेर्छौं भन्नु’भो, घोषणापत्र मात्र किन रु आजको हरेक पाइला र हरेक व्यवहार हेर्नुस्, भ्रष्टाचार गर्छ कि हेर्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी खबरदारी गरेको मन पराउँछौं ।’ सम्बोधनका क्रममा ओलीले आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी गराएका थिए ।

Comments

comments