९ बैशाखमा एकता गर्ने गरी तयारी तीव्र पार्ने एकता संयोजन समितिको निर्णय

46

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले बैशाख ९ गते एकता गर्ने गरी दुवै पार्टीले तयारी तीव्र पार्ने, दुवै कार्यदलको प्रतिवेदनलाई सकारात्मक रुपमा लिने निर्णय गरेको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा अ‍ोली भारत भ्रमणबाट फर्किएपछि प्रतिवेदनमाथि थप छलफल गर्ने निर्णय भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यदलले मिलाउन नसकेका विषयमा सहमति गर्न भन्दै एकता संयोजन समितिको बैठक डाकिएको हो ।

Comments

comments