आज श्री शाके १९३९ बि.स. २०७४ साल चैत्र २३ गते शुक्रबार इश्वी सन २०१८ अप्रिल ६ तारीख बैशाख कृष्ण पक्ष षष्ठी तिथी चन्द्रमा बृश्चिक राशिमा १२स्११ बजे सम्म पश्चात धनू राशिमा सुर्य उत्तरायण वसन्त ऋतु – ज्यो.पं. सरोज घिमिरे
मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ
गैर बिश्वसनिय कुराका पछी नलागेकै उत्तम रहनेछ । मध्यान पश्चात सामान्य यात्राकारक दिन रहनेछ । भाग्योदयका निम्ति मित्रजनहरुको साथ सहयोग आवश्यक रहनेछ । आम्दानिका मार्गहरु प्रशस्त मात्रामा फेला पर्नेछन ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारीवारिक कलहमा बृद्यि हुन सक्नेछ । हरकसैको पुर्ण बिश्वासले अपजसको योग निमत्याउन सक्नेछ । मध्यान पश्चात स्वास्थका क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अन्य ब्यत्तिको गलतकदमको भागीदार तपाई लाई तुल्याइनेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अनावश्यक यात्राको सम्भाबना रहनेछ । शुभचिन्तकको साथ सहयोगमा बृद्यि हुनेछ । मध्यान पश्चात भने ब्यापार ब्यवसायको क्षेत्रमा सामान्य घाटा ब्यर्होनु पर्नेछ । जिबन साथिको साथ सहयोग द्वारा रोकिएका कार्य सम्पमदित हुनेछन ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बौधिक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा मन प्रशन्न रहनेछ । मध्यान पश्चात तपाईका कार्यका त्रुटिहरु केलाउन प्रतिपक्क्षीहरु हरसमय तत्पर रहनेछन । तात्कालिक खर्चको योगले सामान्य आर्थीक अभाबको महसुस हुन सक्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारीवारिक साथ सहयोगमा बृद्यि हुनाले कार्य सम्पादनमा सहजता महसुस हुनेछ । मध्यान पश्चात मनोरञ्जन तथा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका नयाँ श्रोत हरु फेला पर्नाले मनमा प्रशन्नता छाउनेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
यात्रा पनपशन्द साबित हुनेछ । तपाईका कार्यप्रतिका समर्थकहरुको बृद्यि हुनेछ । मध्यान पश्चात साधारण सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । रोकीएर रहेका कार्य सम्पादनमा पारीवारिक साथ सहयोग आवश्यक रहनेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सधारण वाद विवादको चपेटामा फस्ने समय रहेकोले सजग रहनुहोला । मध्यान पश्चात मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ । आत्मबिश्वासमा बृद्यिहुनाले कार्य सम्पादनमा सहजता प्राप्तहुनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
तपाईको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त हुनेछ । मध्यान पश्चात भने भोजभतेरमा सरीक हुने अवसर जुट्नेछ । वाक चार्तुयताका कारण सबै ईष्ट मित्रजनलाई रीजाउन सकिनेछ । स्थीर सम्पतिमा गरीएको लगानि उत्तम रहेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आत्मीय ब्यत्तिहरुबाट बिश्वास घात भएको महसुस हुनेछ । प्रीय मित्र हरु सगँको सम्बन्धमा तिक्तता आउनेछ । मध्यान पश्चात भने अधरुाकार्य सहजता पुर्ण सम्पादन हुनेछन । सामान्य मान सम्मान प्राप्तीको योग रहनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आलस्यतालाई त्याग गरेमा आम्दानि उत्तम रहने सम्भाबना रहेकोछ । मध्यान पश्चात मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । स्वास्थमा देखापरेको सामान्य समस्यामा बृद्यि हुन सक्नेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सबारी साधनको प्रयोमा बिशेष सजग रहनु पर्नेट । मध्यान पश्चात आम्दानिका बिभीन्न श्रोत हरु फेला पर्नेछन । बौधिक ब्यत्तित्व हरु सगँको भेटघाटको योग बन्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यात्रामा बिशेष सजग रहनु होला मध्यान पश्चात पारीवारिक साथ सहयोग द्वारा कार्य सम्पादनमा सहजता प्रात्त हुनेछ । सामाजिक दायित्व बढेको महसुस हुनेछ । सभासमेलनमा सरीक हुने अवसर जुट्नेछ ।