गृहमन्त्री र आईजीपीबीच बोलचाल बन्द ! बिहीबारको बैठकमा देखियो रियाक्सन

51

काठमाडौं, २३ चैत : गृहमन्त्री रामबहादुर थापा र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालबीच सम्बन्ध बिग्रिएको छ । बिहीबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनीहरूबीच बिग्रिएको सम्बन्धको झल्को सबैले पाए ।

उमेर हदका कारण एकहप्ताभित्र अनिवार्य अवकासमा जान लागेका प्रहरी महानिरीक्षक अर्यालसँग गृहमन्त्री थापाको एकाएक सम्बन्ध बिग्रिएको उच्च स्रोतले जनाएको छ । दैवी प्रकोप उद्धार समितिको बैठकका बेला गृहमन्त्री थापाको व्यवहारबाट आजित भएका प्रहरी महानिरीक्षक अर्याल केही नबोली बाहिरिएका हुन् । त्यसपछि सबैले उनीहरूबीच खटपट रहेको निष्कर्ष निकालेका थिए ।

बैठकमा गृहमन्त्री थापाका साथै संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित, स्वास्थ्य तथा जनसंख्या राज्यमनत्री पद्मा अर्याल, बिभिन्न मन्त्रालयमा पदाधिकारी र सुरक्षा नियकाका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।

बिहीबार गृहमन्त्रालयमा बसेको समितिको बैठकमा औचापरिकता बाहेक गृहमन्त्री थापा र महानिरीक्षक अर्यालबीच बोलचाल नै नभएको बैठकमा सहभागी एक उच्च अधिकारीले जानकारी दिए । ‘गृहमन्त्री र महानिरीक्षकबीच अत्यन्तै असहज अवस्थाका बीच दैवी प्रकोप उद्धार समितिको बैठक चल्यो’, स्रोतले दाबी गर्दै भन्यो, ‘अवस्था अन्त्यन्तै असहज भएपछि महानिरीक्षक प्रकाश अर्याल केही नबोली जुरुक्क उठेर हिँड्नु भयो ।’

स्रोतका अनुसार महानिरीक्षक अर्यालविरुद्ध गृहमन्त्री थापालाई विभिन्न खालका कुरा लगाइदिएका छन् । आफू निकटको समूहको कुरा सुनेर गृहमन्त्री थापाले आईजीपी अर्यालसँग राम्रो व्यवहार गरेका थिएनन् । स्रोतका अनुसार गृहमन्त्री पदको शपथ लिएर आउनेवित्तिकै थापाले आफू निकटका प्रहरीका उच्च अधिकारीहरूको मात्रै कुरा सुनेको तथा बिफ्रिङ लिने गरेका थिए । गृहमन्त्री थापाको सो कार्यलाई आईजीपी अर्यालले रुचाएका थिएनन् ।

गृहमन्त्री थापाले नेपाल प्रहरीका डिआईजी, एसएसपी, एसपीसहितका पदहरूको बढुवामा पनि रुची नदेखाएपछि आईजीपी अर्याल रिसाएको स्रोतको दाबी छ । गृहमन्त्री थापाले बढुवा समितिबाट सिफारिस भएर आएका एसएसपी र एसपीहरूको बढुवामा आलटाल गरेकै कारण दक्ष प्रहरी अधिकारीहरू घर जान बाध्य भएका छन् ।

सानो गुटको कुरा सुनेर प्रहरीका उच्च अधिकारीहरूको बढुवा गर्नेतिर ध्यान नदिएका कारण गृहमन्त्री थापासँग प्रहरीका आईजीपी अर्याल रिसाएको हुन सक्ने स्रोतको भनाइ छ । आइजीपी अर्यालले चेनअफ कमाण्ड र प्रहरी नियमावलीअनुसारको काम गर्नुपर्ने भन्दै गृहमन्त्री थापालाई पटक पटक आग्रह गर्दै आएका थिए । तर, थापाले अर्यालको कुनै पनि कुरा सुनेका छैनन् ।

नेपाल प्रहरीको आईजीपीबाट अर्यालले एकहप्ताभित्र अनिर्वाय अवकास पाउँदै छन् । आइजीपी रिक्त हुनै लाग्दा पनि डिआईजीहरूको बढुवामा गृहमन्त्री थापाले चासो नदिएको भनेर आरोप लागेको छ । त्यति मात्रै होइन गृहसचिव मोहनप्रसाद सापकोटाले पनि प्रहरीका उच्च अधिकारीहरू बढुवामा गृहमन्त्री थापालाई गुमराहमा राखेको स्रोतको दाबी छ ।

यसअघि पनि रक्षामन्त्री भएका बेला नेपाली सेनाका प्रधानसेनापति रुक्माङगत कटुवालसँग विवाद भएको थियो । विवाद हुँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार गिर्न पुगेको थियो । गृहमन्त्री थापाको व्यवहारलाई गृहमन्त्रालयका कर्मचारी र प्रहरी अधिकारीहरूले नरुचाएको स्रोतको भनाइ छ ।

उद्धार समितिको नाम परिवर्तन

विपद जोखम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७४ अनुसार बिहीबार बसेको प्रथम कार्यकारी समितिको बैठकले केन्द्रीय दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी ‘राष्ट्रिय विपद् व्यवस्थापन कोष’ राख्ने निर्णय गरेको छ ।

बैठकले क्षेत्रीय दैवी प्रकोप उद्धार कोष खरेज गरी सातै प्रदेशमा प्रदेश व्यवस्थापन कोष स्थापना गर्ने तथा जिल्लादैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी जिल्ला विपद् व्यवस्थापन कोष राख्ने निर्णय गरेको छ ।

बैठकले सुख्खा मौसम, हावाहुरी र पूर्व मनसुन लगायतको प्रकोपहरू हुन नदिनको लागि यससँग सम्बन्धित सरकारी र गैरसरकारी निकायले आफ्नो स्रोत साधन चालु अवस्थामा राख्ने र आवश्यक परेको अवस्थामा बिना कुनै विलम्ब परिचालति हुने निर्णय गरेको छ ।

Comments

comments