झ्याउरे गीत संरक्षणमा विद्यार्थीको पहल

73

हिम रश्मी हाई स्कुल कक्षा ७ क ाविद्यार्थीहरुले झ्याउरे गीतको संरक्षणका लागि एक साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् । उक्त कार्यक्रम कक्षा ७ को पाठ्यक्रममा आधारित लोक गित अन्र्तगत झ्याउरे गीतसँग संम्बन्धित रहेको थियो ।

प्रसिद्ध लोक गायक ध्रुवराज खड्काको प्रमुख आतिथ्य तथा लोक गायक रेशमराज सापकोटाको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दुई वटा झ्याउरे नृत्य र चारवटा झ्याउरे गीत प्रस्तुत गर्नुका साथै लोक तथा झ्याउरे गीतको महत्व र त्यसलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा अतिथी, शिक्षक तथा विद्यार्थी भाइबहिनीहरुबाट आप्mनो विचारहरु प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रम विद्यार्थीहरुमा विश्वव्यापी प्रतिस्पर्धामा उपयुक्त हुने क्षमता विकासका लागि बृटिस काउन्सिलले सञ्चालन गरेको आइ.एस.ए प्रोजेक्ट (ISAProject) को लागि गरिएको एक परियोजना कार्य हो । कार्यक्रममा लोक तथा झ्याउरे गीतको महत्वमाथि बोल्दै त्यस्लाई जोगाउनु पर्ने कुरा विद्यालयका प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले बताउनुभयोे ।

साँस्कृतिक कार्यक्रम आयोजना गर्नु अघि विद्यार्थीहरुले विभिन्न सन्दर्भ र स्रोतहरुको माध्यामबाट झ्याउरे गीतको बारेमा खोज अनुसन्धान गरेर बुकलेट तयार पार्नुका साथै प्यालेस्टाइनको सुल्तान गर्लस्स्कुलसँग सहकार्य गरेर त्यहाँको लोकसङ्गीत सँग नेपाली झ्याउरे गीतको तुलनात्मक अध्यायन गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण सामाजिक विषय शिक्षक तुल्सीराम सिग्देलले गर्नु भएको थियो ।

Comments

comments