ओलीले दिल्लीमा गरे चमत्कार, गोप्य सहमति गरेपछि सबै चकित !

54

नयाँ दिल्ली : भारत भ्रमणका सिलसिलामा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रोटोकलविपरित भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसँग गोप्य भेटवार्ता गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट्नुपूर्व नै ओलीले उच्च कर्मचारीसँग भेट गरेर सबैलाई चकित पारेका छन्। भारतीय प्रधानमन्त्री कार्यालयनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओली र डोभलबीच अपरान्ह ४ बजेपछि भेट भएको हो । राष्ट्रपति भवनमा भएको भेटमा प्रधानमन्त्री ओली र डोभलबीच गोप्यरुपमा खतरनाक सहमति भएको बताइएको छ। ती सहमतिहरु देशको हितमा नरहेको समेत दाबी गरिएको छ।

डोभलसँग भेट गरेका ओलीले आज साँझ प्रधानमन्त्री मोदीसँग भेट गर्दैछन्। भारतको विरोध गरेर राष्ट्रवादी कहलिएका ओलीले मोदीभन्दा पहिला उनका कर्मचारीसँग भेट गरेपछि दिल्लीमा नेपाली प्रतिनिधिमण्डल आश्चर्यमा परेको बताइएको छ। सर्बैलाई आश्चर्यमा पार्दै ओलीले गोप्यरुपमा कर्मचारीसँग भेट गरेपछि आलोचना समेत हुन थालेको छ।

Comments

comments