नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई प्रधानमन्त्री ओलीको आह्वान

64

नयाँदिल्ली, २३ चैत्त : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजनीतिक संक्रमणकाल सकिएर राजनीतिक स्थायीत्व र स्थिर सरकार भएकोले भारत र अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ ।

भारतको ३ दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले आज नयाँदिल्लीमा आयोजित नेपाल भारत व्यापार मञ्चलाई सम्बोधन गर्नुहुँदै नेपाल सरकारले स्वदेशी र विदेशी लगानीकर्तामा विभेद नगर्ने प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले विश्वका अन्य देशको तुलनामा नेपालमा लगानीका लागि सहज वातावरण भएको र विदेशी लगानीकर्तालाई कानूनी रुपमै छुटको व्यबस्था भएकोले भारतीय उद्योगी व्यबसायीहरुलाई लगानी गर्न आग्रह गर्नुभयो ।

उहाँले अब नेपाल आर्थिक समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

Comments

comments