प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान

42

नयाँदिल्ली : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विद्यावारिधिको मानार्थ उपाधि प्रदान गरेको छ ।

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीलाई विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा आइतबार दिउँसो क्याम्पसका कुलपतिले डक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गर्नुभएको हो ।

Comments

comments