चैत २९ गते मेलम्चीको शुरुङमा ब्रेक थ्रु, दशैं अगाडि ‘काठमाडौंमा पानी पुग्ने’

43

काठमाडौं, २५ चैत : खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङ खन्ने कामको अन्तिम ‘ब्रेक थ्रु’ चैत २९ गते हुने बताएकी छन् ।

नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेश–काठमाडौं संघीय जनसम्पर्क मञ्चले काठमाडौंमा गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गदैर् मन्त्री मगरले निरन्तरको ‘फ्लोअप’ र निर्देशनले आयोजना ‘ब्रेक थ्रु’को चरणमा पुगेको बताइन् ।

‘मन्त्रालयमा आएपछि मैले सुरुङ खन्ने कामको निरन्तर फ्लोअप गरे, प्रगति विवरण लिए,’ उनले भनिन् । कामको प्रगति हेर्दा आगामी दशैंअघि वैकल्पिक मार्गबाट काठमाडौसम्म मेलम्चीको पानी पुर्याउन सकिने मन्त्री मगरको भनाइ थियो ।

Comments

comments