गुन्डा नाइके गणेश लामा जेल चलान

50

काठमाडौं : गौलाशाबाट पेस्तोलसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि डिल्ली बजार कारागार चलान गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।

३० फागुनमा गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेलगत्तै घटनास्थल पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको थियो ।

घटनास्थल नजिकैबाट गणेश लामालाई टाइप ५४ मोडेलको चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनलाई इजाजत विना गैरकानूनी रुपमा हातहतियार लिई हिडेको कसुरमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।

Comments

comments