उखु किसानको पैसा नदिने चिनी मिलका सञ्चालक पक्राउ

44
nayasawal.com

सुनसरी, २६ चैत : सुनसरीको इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्ता पक्राउ परेका छन् । किसानबाट उखु खरिद गरेर भुक्तानी नदिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ ।

इस्टर्न सुगर मिलले किसानसँग उखु खरिद गरेवापतको ४४ करोड रुपैयाँ तिरेको थिएन । किसानबाट उखु खरिद गरेर पैसा नदिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले मिल सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

उद्योग मन्त्रीकै निर्देशनअनुसार गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरी स्रोतले जनाएको छ ।

इस्टर्न सुगर मिलले गत चैत १० गते २२ गते ९बिहीवार०देखि किसानको रकम भुक्तानी गर्ने प्रक्रिया शुरु गर्ने प्रतिबद्धता जनाएको थियो । तर उद्योगले रकम भुक्तानी गर्न अटेर गरेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Comments

comments