काठमाडौं : निशान भट्टराईको नाम नेपाली संगीत प्रेमीहरुको लागि पछिल्लो समय प्रिय नाम हो । नेपाल आइडल गायन प्रतियोगितामा सहभागी बनेर उपाधी विजेता बन्न नसके पनि उनी धेरैको मनका विजेता बने ।
निशान भट्टराईका नेपाल आइडल प्रतियोगिता पछि पनि थुप्रै गीतहरु आए । तर अहिले आएर मात्र उनले आफ्नो पहिलो अफिसियल म्युजिक भिडियो ल्याउने जमर्को गरेका छन्। उक्त म्युजिक भिडियो केही दिन पछि सार्वजनिक गर्ने बताउँदै टिजर सार्वजनिक गरिएको छ।
टिजरमा दिइएको जानकारी अनुसार, भुन्टी बोलको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् भने मनोज बस्नेतले निर्माण गरेका हुन्। गीतमा शब्द तथा संगीत राजेन्द्र भट्ट (मिस्टर आरजे) को रहेछ।