ओलीसँग मन्त्रीहरु रुष्ट, ५० दिन नपुग्दै प्रधानमन्त्री आलोचित, बाम एकता धरापमा

50

काठमाडौं : एकातिर पार्टी एकताको कुरा गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमाओवादीकै मन्त्रीलाई बाइपास गरेर निर्णय गर्न थालेपछि मन्त्रीहरु रुष्ट भएका छन् । ओलीले २२ चैतमा मुख्यसचिव लोकदर्शन रेग्मीलाई बालुवाटारमा बोलाएर सचिव सरुवाको सूची थमाएका थिए । थाहै नदिई आफ्ना मन्त्रालयका सचिवको सरुवा ओलीले बालुवाटरबाटै गरेपछि एमाओवादीका आधा दर्जनमन्त्री सोमबार पार्टी अध्यक्ष प्रचण्डकोमा गुनासोको पोको बोकेर पुगेका थिए ।

आफूलाई थाहै नदिइ आफू सम्बन्धित मन्त्रालयका सविच सरुवा गरियो, अन्य निर्णय पनि बालुवाटारबाटै हुने गरेपछि चित्त नबुझेको मन्त्रीहरुले पार्टी अध्यक्ष प्रचण्डसँग गुनासो गरेका छन् । आफ्नै मन्त्रालयका सचिव सरुवा गरिएको पनि भोलीपल्टमात्रै थाहा भएको मन्त्रीहरुले गुनासो गरेका छन् ।

पार्टी एकताको चरणमा रहेकाबेला प्रधानमन्त्री रहेका ओलीको यस्तोखाले मनोमानी व्यवहारको असर पार्टी एकतामा पनि पर्ने माओवादी नेताहरुको भनाइ छ । हरेक कुरा परामर्शमा हुनुपर्ने मान्यताविपरित ओलीको हैकम शैलीको असर भोली पार्टीमा पनि पर्ने भएकाले एकताकाबारे पनि गम्भिर भएर सोच्न मन्त्रीहरुले पार्टी अध्यक्ष प्रचण्डलाई सुझाएका छन् ।

Comments

comments