आइजीपी बढुवा प्रक्रिया शुरु, आजै निर्णय हुने सम्भावना

43

काठमाडौं, २७ चैत : गृह मन्त्रालयले नेपाल र सशस्त्र प्रहरीमा महानिरीक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको छ । त्यसका लागि आइजीपी सिफारिस समितिको बैठक आज बसेको छ ।

नेपाल प्रहरीका आइजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आइजीपी सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा हदका कारण भोलिबाट अनिवार्य अवकाश पाउँदैछन् । त्यसैले आजै नयाँ आइजीपीको टुङ्गो लगाउने तयारी भएको हो ।

समितिले आइजीपीका आकांक्षीहरुको कार्यसम्पादन मूल्यांकनलगायतको विवरणमाथि छलफल गरी सम्भावित नामबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकमा सिफारिस पठाउनेछ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको ऐन तथा नियमावलीमा आइजीपी बढुवाका लागि कुनै पनि प्रकारको समिति रहने प्रावधान नरहे पनि गत वर्ष जस्तो आइजीपी बढुवामा विवाद नहोस् भनेर सरकारले सिफारिस समितिका आधारमा आइजीपी बढुवा गर्न लागेको हो ।

नयाँ आइजीपीका लागि सवेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको चर्चा छ ।

Comments

comments