अर्थमन्त्री युवराजकै कारण आर्थिक अनुशासन तोडियो – कोइराला

66

चितवन : नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले वर्तमान अर्थमन्त्री यूवराज खतिवडाकै कारण आर्थिक अनूशासन तोडिएको बताएका छन् । राज्यकोष धरासयी बन्नुमा खतिवडाकै प्रमूख हात रहेको उनको दावी छ ।

डा. कोईरालाले खतिवडा नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र राष्ट्र बैंकको गभर्नर भएकै समयमा आर्थिक अनुशासन तोडिएको खुलासा गरे । उनले भने, ुमूलूकको अर्थतन्त्रको जिम्मेवार पदमा बसेर पनि खतिवडाले सबै दोष काँग्रेसलाई दिएर आफू त्यसबाट उम्किन खोजिरहनु भएको छ । त्यसको जिम्मेवारी उहाँले लिन पर्छ कि पर्दैन रु तर उहाँ झुटको खेती गरिरहनू भएको छ।ु

प्रजातान्त्रिक विचार समाज चितवनको २० औं साधारणसभाको चितवनमा उदघाटन गर्दै डा कोईरालाले यस्तो भनेका हुन् । कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, प्रजातान्त्रिक विचार समाजका केन्द्रिय अध्यक्ष डा केदारनरसिंह केसी, समाजका चितवन अध्यक्ष डा कृष्ण पौडेल लगायतले धारणा राखेका थिए ।

Comments

comments