यी हुन् नेपाली फिल्म क्षेत्रका अत्याधिक महंगा निर्देशक

58

कलिउड र बलिउडको तुलना गर्ने हो भने कलिउड फिल्मलाई भन्दा बलिउडलाई रुचाउनेहरुको संख्या बढि रहेको छ ।

जो कोहिले पनि नेपाली फिल्मको तुलनामा हिन्दी फिल्मनै राम्रा हुने र फिल्मका कथा विषयवस्तु राम्रो हुने बताउछन । तर केहि समय यता नेपाली फिल्म क्षेत्रले पनि कोल्टे फेरेको छ । अर्थात् पहिला नेपाली फिल्म राम्रो नबन्ने कथा, विषयवस्तु, निर्माता निर्देशक राम्रो नहुने भनेर नेपालीहरुले नै नेपाली फिल्मलाई नरुचाउने गर्थे । तर अहिले नेपाली फिल्मलाई रुचाउने र निर्माता निर्देशक सबैले राम्रो काम गर्न थालेको प्रतिक्रियाहरु आउन थालेको छ ।

यसै बीचमा यो कुराको पनि खुलासा भएको छ कि,नेपाली निर्देशकले एउटा फिल्म निर्देशन गर्न अहिले निकैनै बढि रकम लिन थालेका छन् ।

आज हामी तपाईहरुलाई नेपाली फिल्मका एक निर्देशकका बारेमा बताउने छौ । जसले नेपाली फिल्म प्रति अहिले दर्शकको बढेको रुची देखेर होला एउटा फिल्म निर्देशन गरे वापत २० देखि २५ लाख सम्मको रकम लिने गर्छन ।

स्रोतका अनुसार, यस्ता एक निर्देशक अन्तरगत पर्दछन निश्रल बस्नेत । उनि अभिनेता मात्र नभएर निर्देशक पनि हुन् ।
उनले लुट , लुट २ तथा टलक जंग भर्सेज टुल्के जस्ता फिल्म निर्देशन गरेका छन् । जुन फिल्मले नेपाली फिल्म क्षेत्रमा सर्वाधिक चर्चा समेत पाएका छन ।
उनले यी फिल्म निर्देशन गरे वापत २५ लाख सम्म लिएको खबर अहिले सार्वजनिक भएको छ । जसको कारण अहिले उनि नेपाली फिल्म क्षेत्रकै अत्याधिक
महंगा निर्देशक अन्तरगत परेका छन् ।

Comments

comments