‘लिलिबिली’को अग्रिम बुकिङमा सर्वाधिक सोज

72

हुप्रक्षितित फिल्म ‘लिलिबिली’को अग्रिम बुकिङ खुलाइएको छ । फिल्म यहिँ शुक्रबार अर्थात् चैत ३० गते रिलिज हुदैछ ।

बुधबारै खुलाइएको बुकिङमा फिल्मले सर्वाधिक सोज पाएको छ । क्युएफएक्स च्यानलका ८ स्टेसनमा मात्र फिल्मले ३८ सोज पाएको छ । त्यस्तै सिने डि सेफ मा ७ शोज, एफव्युबमा ६ शोज, क्युजमा ६ शोज र बिएसआर मुभिजमा ६ शोज पाएको छ ।

हाइप र प्रदीप खड्काको क्रेजलाई हेर्दा फिल्मले आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । फिल्म देशभरका लगभग सबै सिनेमा घरमा प्रदर्शन हुदैछ ।

मिलन चाम्स निर्देशित फिल्ममा प्रदीपसँगै प्रियंका कार्की, जसिता गुरुङ, अनुपबिक्रम शाही, सबिन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन रहेको छ ।

प्रतिकृया दिनुहोस

Comments

comments