सरिता बनिन ‘व्युटिसियन ट्यालेन्ट नेपाल २०१८’को उपाधि

68

व्युटिसियनहरु बीच गरिएको प्रतिस्पर्धा प्रतियोगीता ‘व्युटिसियन ट्यालेन्ट नेपाल २०१८’को शिर्ष उपाधि गोरखाकी सरिता भारतीले हात परेकी छिन ।

उनले उपाधिसँगै २५ हजार रुपैयाँ र फोटोजेनिकको उपाधि पनि हात पार्न सफल भएकी छिन ।

मंगलबार राजधानीको नाचघरमा अबेर साँझ सम्पन्न क्रियसनद्धारा संँयुक्त रुपमा आयोजित सो प्रतियोगितामा सर्लाहीका नविना अधिकारीले मोस्ट ट्यालेन्ट अवार्ड सहित फस्ट रनरअप उपाधि प्राप्त गरेकी छिन । उनले १५ हजारको कस्मेटिक समाग्री समेत जितेकी छिन । यस्तै रजनी श्रेष्ठ पर्सनालिटी सहित सेकेन्ड रनरअप हुँदै १२ हजार रुपैयाँको कस्मेटिक सामग्री हात परेकी छिन ।

बरिष्ट व्युटिसिनहरु डा. राजश्री श्रेष्ठ, इन्दु कुमारी आचार्य, अभिनेत्री हर्षिका श्रेष्ठ, अभिनेता निर्जन थापा, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य मधु शाही र मोडल पविना खड्का निर्णायक रहेको प्रतियोगीतामा प्रतियोगितामा २१ प्रतियोगी सहभागीहरु रहेका छन् ।

Comments

comments