करोड भ्यूज पाउन सफल ‘टाकान टुकुन’ – भिडियो

78

फिल्म कमलेको बिहेमा समावेश गीत टाकान टुकुनले युट्युबमा करोड बढि भ्युज पाएको छ।

अहिले सम्म यो गीतले (१०,२०८,६७६) एक करोड दुई लाख आठ हजार छ सय छियतर दर्शकको माया पाउन सफल भएको छ। भने २९ हजार बढी लाइक पाएको छ। गीतको भिडियोमा १२ सय २२ प्रतिक्रिया आएको छ।

लोकलयमा निर्माण भएको ‘टाकान टुकुन’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द संगीत छ भने राजनराज सिवाकोटी र मण्डवी त्रिपाठीको स्वर रहेको छ। गीतमा अनुप विक्रम शाही र सन्ध्या केसी फिचरिङ रहेको छ ।

प्रसन्न पौडेलको निर्देशन तथा सरिता लामाको लगानी रहेको छ भने फिल्मको कार्यकारी निर्माता दीपक विष्‍ट रहेका छन् । फिल्ममा अनुप र सन्ध्याको अलवा विनोद न्यौपाने, इशान ढकाल, दीपक पहाडी, रेशु तमाङ, किरण लाकोउल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

हेर्नुहोस भिडियो:

Comments

comments