नेपाल बैंक लिमिटेडका सीईओ देवेन्द्र प्रताव शाहसँग किताबका कुरा

113

प्रस्तुत छ,  नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहसंग नयाँसवाले गरेको किताबका कुरा :

पछिल्लो समय तपाईँ कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

खासगरी म कम्प्युटरमा अनलाइन पढ्छु । म एकै समयमा धेरै पुस्तक पढ्छु । मैले केही समय अघि फेस्बुक सम्बन्धी ज्ञाताले लेखेको पुस्तक अप्सन बि पढेँ । अर्काे मानव जीवनको सुरुवात के हो भन्ने मुस्लिम राईटरका सेपीयनले लेखेका सेफ हिस्ट्री अफ ह्युमन विङ पढेको छु ।

तपाईँलाई मनपर्ने विधा कुन हो ?

मलाई मनपर्ने विधा भनेको साहित्य हो । त्यस्तै अर्थशास्त्र, फिक्सन र नन् फिक्सनका किताबहरु पढ्न मन लाग्छ ।

तपाईँ लागेको बैंकिङ क्षेत्रमा पुस्तकको भूमिकालाई कसरी लिनुहुन्छ ?

पुस्तक बिना त संसारै चल्दैन । व्यक्तिको क्षामता र व्यक्तित्वको विकास गर्न पुस्तकको भूमिका महत्वपूर्ण छ । जुन व्यक्ति निरन्तर पुस्तक पढ्छ त्यो व्यक्तिले नपढ्नेको भन्दा फरक व्यक्तित्व निर्माण गर्दछ ।

नयाँ पुस्ता र विद्यार्थीलाई कुन र कस्ता पुस्तक पढ्ने सल्लाह दिनुहुन्छ ?

नेपालका तुलनात्मकरुपमा त्यति राम्रा पुस्तक छैनन् । प्राय: नेपालका केही लेखकहरु बाहेकले आफैलाई ठूलो ठानेर, ठूलो काम गरेको छु भन्ने किसिमको प्रभाव पार्ने हेतुले र कसैप्रति बढी आग्रहीपूर्ण भएजस्तो तरीकाले पुस्तक लेखेका हुन्छन् । त्यसैले म विदेशी राईटरको पुस्तक पढ्न सल्लाह दिन्छु । किनकि नेपाली पुस्तकहरुमा चाहिने खुराक नै हुँदैन ।

एउटा बैंकिङ करिअर बाकेको विद्यार्थीलाई के र कस्तो पुस्तक पढ्ने सल्लाह दिनुहुन्छ ?

बैंकिङ सम्बन्धी र फाइनान्सका पुस्तक पढ्नुपर्छ । त्यसको अलवा टु विग टु फेल भन्ने इकोनोमिक्सको किताब पढ्ने सल्लाह दिन्छु ।

तपाईले पढ्ने पुस्तक कसरी संकलन गर्नुहुन्छ ? किनेर ? पुस्तकालयको सहयोग लिएर ? वा अन्य कुनै उपाए अपनाएर ?

पहीले नेपाली धेरै पुस्तक किनेर पढेँ । अहिले म खासगरि अनलाई किनेर पढ्ने गर्दछु ।

अहिलेसम्म पढ्दा मन छोएको पुस्तक कुन हो ?

अफसन वि भन्ने पुस्तकले मन छोएको छ ।

यहाँले आजसम्म कति पुस्तक लेख्नुभयो र अब पनि लेख्ने योजनामा हुनुहुन्छ कि ?

नेपालमा पुस्तकको बजार धेरै छैन । नेपालमा पाठकहरु धेरै नभएको हुनाले लेखनलाई पेशा बनाउन सम्भव पनि छैन । केही पुस्तक लेखेको छु । आगामी दिनमा पनि लेखौंला तर लेखेर ठूलो हौँला भन्ने लाग्दैन ।

Comments

comments