डिपिएल : काठमाडौंलाई महेन्द्रनगरले दियो १४३ रनको चुनौती

64

धनगढीमा जारी प्रिमियर लिग (डिपिएल) को दोस्रो क्वालिफायर खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौं गोल्डेन्समामु १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।टस हारेर पहिला व्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन बनायो।

१० ओभरमा महत्वपूर्ण ६ विकेट गुमाएको महेन्द्रनगरका लागि आरिफ शेख र पुनित मेहराको जेडीले इनिङ थप्न मद्दत गरेका थिए।पुनित मेहराले टोलीका लगि सर्वाधिक ५८ रन बनाए। उनले ४२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै करण केसीले १२ बलमा २ छक्काको सहायतामा २१ रन जोडे।

आजको खेलमा विजयी टिमले टिम चौराह धनगढीको सामना गर्न पर्ने हुन्छ ।

Comments

comments