डीपीएल २ को उपाधिका लागि धनगढी र काठमाडौं भिड्दैं, टस जितेर धनगढीले ब्याटिङ गर्दै

52

काठमाडौं, चैत्र ३० : धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करणको उपाधिका लागि टीम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्दैछन्। धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ । दोस्रो क्वालिफायरमा बिहीबार महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले धनगढीसँगको भेट पक्का गरेको हो ।

साविकको विजेता धनगढीले भने यसअघि भएको पहिलो क्वालिफायरमा काठमाडौंलाई नै पराजित गर्दै धनगढी फाइनलमा प्रवेश गरेको थियो ।

Comments

comments