तेलुगू अभिनेत्रीले सार्वजनिक स्थलमा किन खाेलिन् कपडा ?

69


‘आफ्नो लडाइँमा म बेसहारा हुँ। किनभने मेरो पीडा कसैले देख्न सक्दैन। त्यही कारण मैले यत्रो ठूलो कदम उठाएँ र सार्वजनिक स्थलमा कपडा खोलेँ।’ यो भनाइ तेलुगू फिल्म अभिनेत्री श्रीरेड्डी मल्लिडीको हो। तेलुगू फिल्म उद्योगमा कथित रुपमा यौन उत्पीडनको विरुद्ध आफ्नो असन्तुष्टि जनाउँदै गत हप्ता हैदरवादको एक फिल्म नगरीमा मुभी आर्टिस्ट एसोसिएशन अगाडि श्रीरेड्डीले आफ्नो कपडा खोलेकी थिइन्।

श्रीरेड्डीले आफ्नो पीडा सुनाउन र सरकारसँग माग पूरा गराउन आफूसँग यही मात्र उपाए बाँकी रहेको बताएकी थिइन्। ‘जब फिल्मी जगतमा मानिसहरु मलाइ मेरो नांगो फोटो र भिडियो पठाउन भन्छन् भने मैले सार्वजकि रुपमा कपडा खोल्न किन नपाउने?’, उनले भनिन्।

श्रीरेड्डीले आफ्नो करियर एक स्थानीय टिभीमा प्रस्तोताका रुपमा सुरु गरेकी थिइन्। पाँच वर्षपछि उनी फिल्ममा काम गर्न थालिन्। उनले केही तेलुगू फिल्ममा सानो तिनो भूमिका निर्वाह गरेकी छन्। र सार्वजनिक स्थलमा नांगिएपछि उनी यतिबेला चर्चामा छिन्।

अहिले उनले आफूमाथि भएको यौन उत्पीडनको कुनै प्रमाण पेश गरेकी छैनन्। नत प्रहरीमा नै उजुरी दर्ता गरेकी छन्। त्यसैले उनले मानिसको ध्यान आफूतर्फ खिच्न र लोकप्रियताकालागि यस्तो कमद उठाएको आरोप लाग्न थालेको छ। के संचारमाध्यमले उनलाई सस्तो लोकप्रियताकालागि उकासेका हुन्? उनले त्यसलाई ठाडै अस्विकार गरेकी छन्। तेलुगू फिल्म उद्योग अर्थात् टलिउड, हिन्दी र तमिल फिल्म उद्योगपछि सबैभन्दा ठूलो फिल्म उद्योग हो। केन्द्रीय फिल्म प्रमाण बोर्डको वार्षिक रिपोर्ट अनुसार २०१५÷१६ मा तेलुगू सिनेमाले २६९ फिल्म बनाएको छ।

‘कास्टिङ काउच’ ठूलो मुद्दा हो, तर यसलाई लुकाउने गरिन्छ। र फिल्म उद्योगका मानिसहरु यो विषयमा खुलेर कुरा गर्दैनन्।
तेलुगू फिल्म अभिनेत्री माधवी लताले २०१७ मा बीबीसीलाई दिएको एक अन्तर्वातामा भनेकी थिइन्, ‘ फिल्म उद्योगमा यौन उत्पीडन अभिनेता र अभिनेत्रीहरुसँग एक प्रश्नमार्फत सुरु हुन्छ र त्यो प्रश्न हो, यदि हामीले तपाइँलाई फिल्ममा भूमिका दियौं भने त्यसको बदलामा हामीले के पाउँछौं।’

एक गीतकार श्रेष्ठाले पनि अचम्मको कुरा गरेकी थिइन्। उनले पुरुषले मात्र नभएर महिलाकातर्फबाट पनि यस प्रकारका खतरनाक माग आउने गरेको बताएकी थिइन्। आफ्नो निजी अनुभवलाई सुनाउँदै उनी भन्छिन्, ‘एक पटक फिल्म निर्माताकी श्रीमतीले आफ्ना श्रीमानसँग यौन सम्पर्क गर्न आग्रह गरेकी थिइन।’

हलिउडमा पनि हार्वी वाइंस्टीन विरुद्धको आरोप सार्वजनिक भएका छन्। सबैभन्दा पहिलो पटक न्युयोर्क टाइम्सको एक लेखबाट सो विषयमा जानकारी मिलेको थियो। त्यसपछि लगातार कयौं महिलाले वाइंस्टीन विरुद्ध यौन उत्पीडनको आरोप लगाए। यद्यपी उनले ती आरोपलाई अस्विकार गरिरहेका छन्।

अहिले श्रीरेड्डीलाई मुभी आर्टिस्ट्स एसोसिएशनले प्रतिबन्ध लगाएको छ। संगठनका अध्यक्ष शिवाजी राजाले भने, ‘उनको गलत व्यवहारका आधारमा प्रतिबन्ध लगाएको बताए। उनले आफूमाथि अन्याय भएको भए प्रहरीमा किन उजुरी दर्ता नगराएको भन्दै सस्तो लोकप्रियताकालागि विना कुनै प्रमाण यस्तो गरिरहेकी बताए।

तेलुगू फिल्म निर्माता दग्गूबत्ती सुरेश बाबूले भने, ‘श्रीरेड्डीले जुन प्रकारले आफ्नो असहमति प्रकट गर्ने तरिका अपनाइन् यसले भारतका सबै महिलाको अपमान भएको छ।’

मुभी आर्टिस्ट्स एसोसिएशनको सदस्यता माग बाहेक श्रीरेड्डीले सरकाले फिल्म स्टुडियो बन्द गर्नु पर्ने बताएकी छन्। उनले फिल्म स्टुडियोमा अवैध गतिविधि हुने गरेको भन्दै त्यहाँ आफ्नो बलात्कार पनि भएको आरोप लगाएकी छन्। श्रीरेड्डीको पूरै प्रकरणमा मिश्रित प्रतिक्रिया आएका छन्।

महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था महिला चेतनाकी सचिव कट्टी पद्माले भनिन्, ‘फिल्म उद्योगमा यौन उत्पीडन छ। तर उनले जुन कदम उठाइन् त्यही कारण हामी उनलाई साथ दिन सक्दैनौं।’ यद्यपी केही मानिसले समाजिक संजालमा श्रीरेड्डीको समर्थन गरेका छन्।

Comments

comments