सिरियामाथिको हमलापछि बोले अमेरिकी राष्ट्रपति ट्रम्प

208

एजेन्सी : शनिबार भएको सिरियामाथिको आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख खोलेका छन् । आक्रमण भएको केही घण्टापछि ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो मिसन पूरा भएको बताएका हुन् ।

उनले आफ्नो सेनाप्रति गर्ब समेत गरेका छन् । राष्ट्रपति ट्रम्पले आफुहरुलाई साथ दिने बेलायत र फ्रान्सलाई समेत धन्यवाद दिएका छन् ।

उनले भनेका छन्ः ‘गएको रात एउटा सफल हमला भएको छ, फ्रान्स र ब्रिटेनले बुद्धि पुर्याएका छन् र ती देशका सेनाले देखाएको सानदार शक्ति प्रदर्शनप्रति धन्यवाद दिन्छु, हाम्रो मिसन पूरा भएको छ ।’ उनले लेखेका छन्ः ‘हाम्रो महान सेनाप्रति म गर्ब गर्छु, जो करोडौं डलर खर्चिएर इतिहासकै सबैभन्दा शक्तिशाली सेना बनेको छ, उसको वरिपरि अब कोही हुनेछैन ।’

शनिबारदेखि अमेरिकाको नेतृत्वमा बेलायत र फ्रान्सका सेनाले सिरियामाथि संयुक्त आक्रमण सुरु गरेका छन् । रसिया, इरान लगायतका मुलुकहरुले सो आक्रमणको चर्को विरोध गरिरहेका छन् । रसियाले यो आक्रमणलाई सिरियाको राष्ट्रियतामाथिको हस्तक्षेप भन्दै राष्ट्रसंघ सुरक्षा परिषदको बैठक बोलाउन माग गर्ने बताएको छ ।

Comments

comments