एमाले–माओवादीले किन राखे संयुक्त रुपमा कार्यक्रम ?

54

काठमाडौं, ८ वैशाख : पार्टी एकीकरणका लागि अन्तिम तयारी गरिरहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले कम्युनिष्ट पार्टी स्थापना भएको अवसरमा संयुक्त कार्यक्रम गर्ने भएका छन् ।

एमाले र माओवादीले वैशाख ९ गते अर्थात आइतबार संयुक्त रुपमा स्थापना दिवसको कार्यक्रम गर्न लागेका हुन् । कार्यक्रम प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मध्यान्ह १२ बजे हुनेछ ।

कार्यक्रमलाई एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

यसअघि कम्युनिष्ट पार्टी स्थापना भएको दिन एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने भनिएको थियो । तर, केही विषयमा सहमति जुट्न नसकेकाले पार्टी एकीकरणको विषय लम्बिएको छ ।

यद्यपि, एमाले–माओवादीले कम्युनिष्ट पार्टीको स्थापना दिवस भने संयुक्त रुपमा गर्न लागेका छन् । कार्यक्रममा सहभागी हुन दुबै पार्टीले कार्यकर्ताहरूलाई निर्देशन दिइएको छ ।

Comments

comments