क्रिकेटको महाकुम्भ इन्डियन प्रीमियर लीग (आइपीएल) मा आज चरपरिचित दिल्ली डेयरडेभिल्स र कोलकोत्ता नाइटराडरस् भिड्दै छन् ।
इडन गार्डेन क्रिकेट मैदानमा राति ८.१५ बजे शुरु हुने खेलमा सात वर्षसम्म कोलकोताको कप्तानी सम्मालेर दुई पटक च्याम्पीयन बनाएका गौतम गाम्भीर आज दिल्लीको कप्तानी गर्दै पहिलो पटक भिड्दै छन् ।
यसअघि खेलका तीन खेलमा दुईवटामा हार र एउटामा जित निकालेको दिल्ली दवावमा छ ।
दिल्लीमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध छन तर यसअघिका तीन खेलमा उनले खेल्ने मौका पाएनन् । केही भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार सन्दीपको नाम आज पनि प्लेइङ ११ मा परेको छैन ।