सलिनलाई लिएर ’यात्रा अ म्युजिकल भ्लग’को घोषणा

Yatra A Mucical Blog Movie

52

इन्द्रेणी न्यूज डट कम
२०७५ बैशाख ११, काठमाडौं।  पुराना फिल्म मेकर केशब भट्टराईले नयाँ फिल्म ’यात्रा अ म्युजिकल भ्लग’ को घोषणा गरेका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनले फिल्म निर्माणको घोषबणा गरेका हुन् । डेब्यु फिल्म ’ए मेरो हजुर २’ मार्फत नै नोटिस भएका सलिन मान बनिया यसफिल्मका मुख्य कलाकार हुन् ।

यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्छिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।

कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने फिल्ममा केशवसँगै मुक्ति तिम्सिना , मधु क्षेत्री र धर्मराज अधिकारी निर्माता रहेका छन् । यसै फिल्म मार्फत सम्राट शाक्य निर्देशनमा डेब्यु गर्दैछन । दुई दशक अगाडी नरेश पौडेल निर्दे्शित फिल्म ’चुनौती’ मार्फत सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइ काम गरेको फिल्महरु के यो माया हो , मेरो लभ स्टोरी , कोहि मेरो , नोभेम्बर रेन , होमवर्क , छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत चर्चामा थिए ।
फिल्ममा कथा पनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् ।

फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरोयोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ । फिल्मको छायाँकन यहिँ बैशाख २५ बाट सुरु हुनेछ भने यसको पब्लिसिटी डिजाइनर टौवा क्रिएसन रहेको छ ।

सलिन मान बनिया ( पहिलो फिल्म मार्फत नै पाएको मायाको लागि दर्शक र मिडिया प्रति आभारी छु । राम्रो काम गर्ने कोसिस जारि नै रहनेछ । पहिलो फिल्म मार्फत मैले टेक्निकल कुरा पनि बुझ्ने मौका पाए । यसको कथाले नै मलाइ फिल्म गर्न प्रेरित गरेको हो । मलाइ फिल्मको अफर आयो , कथा लिए र फ्याम्लीमा शेयर गरे । सबै ओके भएपछी म फिल्म गर्न राजी भएको हु । म यात्रा गरिरहेको एक युवकको भूमिकामा फिल्ममा प्रस्तुत हुदैछु । डेब्यु फिल्म भन्दा यसमा मेरो क्यारेक्टरमा फरक पाउनु हुनेछ ।

केशव भट्टराई ( फिल्म मार्फत युवापुस्ताको प्रेम र मित्रतालाई नै देखाउदैछौ । फिल्म कथा राम्रो छ , यसैले हामीले निर्माण गर्दैछौ । सम्राट भोलिको दिनमा राम्रो निर्देशकमा पर्छ भन्नेमा म स्पष्ट छु । फिल्मलाई हामी यसैवर्ष प्रदर्शन गर्नेछौ भने शुटिङ आउदो २५ गतेबाट स्टार्ट हुदैछ ।

सम्राट शाक्य ( दुई दशक भइसकेछ यस क्षेत्रमा काम गर्न सुरु गरेको । यसै अनुभवलाई लिएर यो उचित समय हो भन्ने भान भएर फिल्म निर्देशनमा आउदैछु । फिल्म निर्देशनमा आउने सोच बनाएपछी कथामा ध्यान दिए र त्यहिँ कथाकै कारण मसँग आज यो टिम निर्माण भएको छ । फिल्ममा हामीले यात्राको कथा देखाउदैछौ । यसलाई जर्नी लभ स्टोरी भन्दा पनि हुन्छ । साथै मित्रता पनि छ ।

फिल्ममा सलिन सँगै सलोन बस्नेत , जान्वी बस्नेत , जयनन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

Comments

comments