‘हैरान’को दोश्रो गीत ‘हिरो’ रिजिल, गजित र निश्मा सँगै वुद्दिले मार्काए कम्मर-भिडियो

36

इन्द्रेणी न्यूज डटकम
२०७५ बैशाख १८ काठमाडौँ। विश्वकै कान्छा निर्देशक सौगात बिष्टको निर्देशनमा तयार भएको चलचित्र ‘हैरान’को दोश्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘हिरो’ बोलको गीतमा चलचित्रका मुख्य कलाकारहरु गजित बिष्ट, निश्मा घिमिरे, वुद्दि तामाङ, सागर लम्साल र पुस्कर रेग्मीले कम्मर मर्काएका छन् ।

सार्वजनिक उक्त ‘हिरो’बोलको गीतमा संगीत तथा स्वर राजन इशानको रहेको छ भने गम्भिर बिष्टको शब्द समावेश छ ।

डान्स फेभरको ब्यानरमा निर्माण भएको चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् ।चलचित्र जेठ ४ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ।

चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।

Comments

comments