सिग्देल बन्धु प्रतिष्ठानको‌ तेस्रो साधारण सभा सम्पन्न (फोटो फिचर)

122

इन्द्रेणी न्युज डटकम
२०७५ बैशाख १८, नवलापरासी गैडाकोट।
सिग्देल बन्धु प्रतिष्ठान नेपालको‌ तेस्रो वार्षिक साधारण सभा एवम् केन्द्रीय कार्यालय तथा कुल मन्दिर उदघाटन समारोह सम्पन्न भएको छ ।

 

झण्डै दुई करोडको लागतमा निमार्ण भएको सिग्देल कुल देवता मन्दिरको सिग्देल बन्धु प्रतिष्ठानका केन्द्रिय लेखा समितिका संयोजक एवंम् विशिष्ठ चन्दादाता तथा बरिष्ठ समाजसेवी नारायणप्रसाद सिग्देलले उद्धघाटन गर्नु भयो भने भवनको प्रतिनिधि सभा संसद माननीय केदार सिग्देलले उद्धघाटन गर्नु भएको थियो ।

देशभरी रहेका सिग्देल बन्धुहरुले तिन वर्ष अगाडी हाल मन्दिर निमार्ण भएको स्थानमा महायज्ञको आयोजना गरी रकम संकलन गरी मन्दिर तथा भवन निमार्ण गरेका हुन् ।
आफनै लालपुर्जा सहिताको दुई कठ्ठा भन्दा बढि जमिनमा भवन र तीनतले प्यागोडा शैलीमा आर्कषक मन्दिर निमार्ण भएको हो ।

मन्दिर तथा भवनको उद्धघाटन पश्चात् सभा लाइ सम्वोधन गर्दै संसद सिग्देलले बन्दु एकता भएकै कारण सिग्देलहरुले निकै ठुलो उपलब्धि हासिल गर्न सफल भएको प्रवक्ता शुभाष सिग्देलले जानकारी दिनुभयो।

सिग्देल बन्धु प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा ३ नम्बर प्रदेश सभाकी संसद सदस्य माननीय मुनु सिग्देल, सुर्खेत जिल्ला समन्वय समितिका सभापति छबिलाल सिग्देल, तनहुँ जिल्ला नेकपा एमालेका उप सचिव विष्णु भक्त सिग्देल, नेपाल सरकारका पुर्ब प्रसासक (सिडिओ) ऋषि राम शार्मा सिग्देलले शुभकामना मन्तव्य समेत व्यक्त गरेका थिए ।

त्यस्तै ३ नम्बर प्रदेश सभाकी संसद एवं ‘मिस नेपाल वर्ल्ड २०१८’की विजेता शृंखला खतिवडाकी आमा माननीय सदस्य मुनु सिग्देल (खतिवडा)लाई प्रतिष्ठानले दोसल्ला ओडाएर कार्यकालको सफलता र थप हौसल्ला प्रदान गर्दै सम्मान समेत गरेको थियो।

प्रतिष्ठानको कार्यक्रममा बोल्दै माननिय मुनुले भनिन्,’-हामिले सिङ्गो मुलुकलाई अटुट बनाउनुपर्छ भनेर हिडेका छौ र हाम्रो अभियान पक्कै पनि खेर जानेछैन् किनकी तपाईंहरुले जुन विश्वास र माया गरेर आज मलाई यो सम्मान प्रधान गर्नुभयो त्यसप्रति म निकै खुशी र कृतग्य छु।  तपाईहरुको मायाले मलाई थप हौसल्ला, प्रेणा र अझै जिम्बेबारी थपिएको छ । सिग्देलको छोरी भएकोमा गर्भ महसुस गर्दै मुनुले फेरी भनिन् मान्छेहरुले भित्र एउटा र बाहिर अर्को कुरा गर्दै हिड्छन् तर हामि  सिग्देलका छोराछोरीहरु कहिले पनि जातिय कुराको पछी लाग्दैनौ त्यसमा मलाई एकदमै खुशी लागेको छ ।,

सिग्देल बन्धु प्रतिष्ठानको केन्द्रीय अध्यक्ष दुर्गा प्रसाद सिग्देलको अध्यक्षता रहेको उक्त कार्यक्रमामा बन्धु परिवारबाट राज्यको बिभिन्न ‌‌छेत्रको अहोदामा रहेर आफ्नो नाम उच्च पार्दै गएका त्यस्ता व्यक्तिहरु जस्तै डाक्टर,सिए, ईन्जिनियर,अफिसर,लेखक, साहित्यिकार, पत्रकार राजनितिकर्मि, समाजसेवी लगायतकालाई थप हौसल्ला प्रदान गर्दै सम्मान गरिएको सिग्देल बन्धु प्रतिष्ठान नेपालका केन्द्रिय प्रवक्ता सुवास सिग्देलले बताए।

Comments

comments