निराजन र मरिश्काको ‘प्रेमालय’ घोषणा

चलचित्र 'रुमानी' पनि बन्ने

85

इन्द्रेणी न्युज, बैशाख २०, काठमाडौँ – चलचित्र ‘प्रेमालय’को अफिसियल निर्माण घोषणा भएको छ। बिहिवार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै सो चलचित्रकाे निर्माण घोषणा गरिएको हो।

दुई पुस्ताको बिचको प्रेमकथामा निर्माण गरिने यस चलचित्रले प्रेम र संघर्षको कथा बोल्ने छ। अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको जिवनमा आधारित रहने ‘प्रेमालय’को छायांकन अस्ट्रेलियामा र नेपालमा गरिने निर्माण युनिटले बताएको छ।

चलचित्रको बारेमा बोल्दै नायक निराजन प्रधानले भने ‘म निकै खुशी छु र मेरो डेब्यु फिल्म पनि हो । डेव्यु फिल्म भएपनी राम्रो काम गर्नेछु, किनकी मैले टिम पनि राम्रो भेटाएको छु त्यसकारण पनि मलाई सजिलो हुन्छ भन्ने आशा छ।’

चलचित्रमा सन्नी ढकाल, मरिश्का पोखरेल, निराजन प्रधान, डाक्टर सुर्या थापा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ। एसके स्क्वाएर प्रोडक्सन र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा बन्ने ‘प्रेमालय’मा कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी, किरण माइकल र ऋषिकेश गिरी छन् । त्यस्तै निर्मातामा सुभाष श्रेष्ठ, सहनिर्मातामा सुक बहादुर कामी, थुम प्रसाद छन्त्याल र शेर बहादुर रोका क्षेत्री रहेका छन् ।

‘रुमानी’को पनि अफिसियल घोषणा

यसै प्रेसमिटमा ‘प्रेमालय’का कार्यकारी निर्माता मनोज अधिकारीको निर्देशनमा बन्ने ‘रुमानी’को पनि अफिसियल निर्माणको घोषणा गरिएको थियो ।

सन्नी सिंह मात्र फाइनल भएको सिनेमालाई असार पहिलो साताबाट खिचिने छ । सिनेमामा अधिकाँस प्रोडक्सन टिम ‘प्रेमालय’बाटै हुने बताइएको छ ।

Comments

comments