कमल सौरागको ‘तिमी एक प्रेम कथा’ भिडियो

52

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २०, काठमाडौँ। विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायक कमल सौरागको स्वरले सजिएको आधुनिक गीतको म्युजिक भिडियो “तिमी एक प्रेम कथा”को भिडियो सार्वजनिक भएको छ। विन्ध्यावासिनी म्युजिक प्रालीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा प्रेमका भावहरुलाई मर्मस्पर्शी रुपमा समेटिएको छ।
आफनी प्रेमीकालाई संसारको सबै भन्दा सर्वश्रेष्ठ व्याक्तिको रुपमा चित्रण गरिएको छ । आधुनिक गायनको क्षेत्रमा निकै सफल मानिएका गायक सौरागको आवाजलाई अधिक मात्रामा श्रोताले रुचाएका छन।

राजकुमार बगरको शब्द सिर्जना तथा संगीत संयोजनमा रहेको गीतलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियोलाई अजय रेग्मीले छायाँङ्कन गरेको छन। दिपक विष्टले सम्पादन तथा काजिश श्रेष्ठले निर्देशन गरेका छन। भिडियोमा अनु शाह र कमल सौरागको अभिनय निकै प्रसंसा लायक रहेको छ।

भिडियो:

Comments

comments