यातायात सेवामा लुटः खर्बौं लगानी, अर्बौ नाफा, आयकर शुन्य

138

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २२, काठमाडौँ। यातायात क्षेत्रमा खर्बौं रुपैयाँ लगानी गरेका बस व्यवसायीहरुले आम्दानीबापत आयकर तिर्नबाट बर्षौदेखि उन्मुक्ति पाउँदै आएका छन् ।

व्यवसायीहरुले यातायात क्षेत्रमा १० खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको बताउँदै आएका छन् । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ । तर, उनीहरुले यो लगानीबाट भएको आम्दानीबापत एक रुपैयाँ पनि कर राज्यलाई तिर्नुपरेको छैन ।

बस व्यवसायीहरुले अहिलेसम्म नाममात्रको कर, नवीकरण शुल्कलगायत केही रकम बुझाए पनि लगानीबाट भएको अर्बौं रुपैयाँ नाफाको राजस्व तिर्नबाट उन्मुक्ति पाउँदै आएका छन् ।

Comments

comments