अनमोलको ‘क्याप्टेन’मा ह्यान्सम भिलेन ताम्राकार अनुबन्धित

355

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २२,काठमाडौँ। हाल छायांकन भैरहेको चलचित्र ‘क्याप्टेन’मा चलचित्र ‘ऐश्वर्य’ बाट नेपालि चलचित्र क्षेत्रमा ह्यान्सम भिलेनको रुपमा भित्रीएका अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन्। ‘ऐश्वर्य’ बाट नेगेटिभ रोलमा अभिनय गरेर नेपालि दर्शकमा निकै प्रिय बनेका प्रसान्त ‘क्याप्टेन’मा अनुबन्धित भएका हुन।

प्रशान्त क्याप्टेनमा अनुबन्धित भएको खबर एक मिडिया मार्फत बाहिरिएपछी उनले इन्द्रेणी न्युज डटकम संग कुरा गर्दै भने,’- क्याप्टेनमा मलाइ ऐश्वर्यमा भन्दा फरक भूमिका निर्वाह गरेको पाउनुहुनेछ तर चलचित्रमा भने मेरो रोल नेगेटिभ नै हुनेछ प्रशान्तले भने । चलचित्रका नायक अनमोल केसीको मुख्य भूमिका रहेको ‘क्याप्टेन’हाल पूर्वको झापामा धमाधम छायांकन भैरहेको चलचित्र निर्माण युनिटले बताए।

‘ऐश्वर्य’ निर्देशक दिवाकर भट्टराईले निर्देशन गरिरहेको सिनेमामा अभिनेता सरोज खनाल पनि मुख्य भूमिकामा छन् । सिनेमा भित्र उनि अनमोलको क्याप्टेनको भूमिका रहने छन् ।

पुर्वको सानो गाउँबाट राष्ट्रिय फुटबलको विजेतासम्म बन्न सफल एक युवकको संघर्षको कथा बोल्ने छ । चलचित्रमा अनमोल पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिदै छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी रहेका छन् । यी दुई लेडीको लागि ‘क्याप्टेन’ डेब्यु मुभी हो ।

चलचित्र ‘क्याप्टेन’लाई अभिनेता भुवन केसीले निर्माण गर्दै छन् ।

Comments

comments